काठमाडौँ, १२ चैत : ग्लोबल आईएमई बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले ग्लोबल मनी विकका अवसरमा आयोजना गरेको कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाको सहभागिता थियो । नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेको कार्यक्रममा बैंकका कर्मचारी वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी थिए । ३५५ वटा शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ ।