10/08/2025, 17:10:09
बुधबार, असोज २२, २०८२

बैंकिङ प्रणाालीबाट आज पनि रु. २० अर्ब झिक्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम बढेपछि केन्द्रीय बैंकले ११ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..