10/19/2025, 16:02:37
आइतबार, कार्तिक ०३, २०८२

चार हजार आठ सयले घट्यो सुनको मूल्य


काठमाडौँ, कात्तिक २ गते ।नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन  प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार दुई लाख ५८ हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ७५ रुपियाँ घटेको हो । शुक्रबार प्रतितोला तीन हजार ३५० रुपियाँमा कारोबार भएको चाँदी आज तीन हजार २७५ रुपियाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..