शनिबार, फागुन १०, २०८१

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर


९ फागुन, काठमाडौं : एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक सञ्चालनमा ल्याएको छ । बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यसहित एनसेलले उक्त डेटा प्याक ल्याएको हो ।

करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको फाइदा लिन सक्छन् । यसका लागि ग्राहकले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् ।

यसैगरी ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहनेछ । ग्राहकले एनसेल एपबाट वा *१२३*४*२ *१ # डायल गरी उक्त प्याक लिन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ