04/19/2025, 22:53:38

सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख नाजिर मियाँ


डोटी, १८ माघ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिएको प्रदेश रहेको बताउनुभएको छ ।

आज सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा यहाँको सिलगढीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्रदेशको विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमलाई आफूले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक ऐतिहासिक क्षेत्रको रूपमा चिनेको उल्लेख गर्दै देउडा, छलिया, हुड्केली, फाग, भुवा, चैते, धमारी, होली नाचलगायत विभिन्न संस्कृति सुदूरका चिनारी रहेको भन्नुभयो ।

बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा नेपाल र भारतका २४ बढी साहित्यकारको सहभागिता रहेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..