काठमाडौँ, १५ माघः यतिबेला बलिउडका अब्बल अभिनेता विक्की कौशलको करियरकै महत्वपूर्ण फिल्मको चर्चा चुलिरहेको छ । साम बहादुर, सरदार उधम जस्ता बायोपिक खेलिसकेका उनको अर्को बायोपिक मराठी राजा ‘छत्रपति सम्भाजी महाराज’ माथि आउने भएको हो ।
अगाडि खेल्दै आएका बायोपिकमा भन्दा ‘छावा’ मा उनलाई बिल्कुलै फरक अवतारमा देख्न पाइनेछ । जस्तोसुकै पात्रमा सजिलै ढल्न सक्ने उनले २०१५ को ‘मसान’देखि नै आफ्ना फ्यानहरूलाई निराश पारेका छैनन् ।
सन् २०१२ मा ग्याङ्स अफ् वासेपुरमा अनुराग कश्यपलाई निर्देशनमा साथ दिँदै फिल्ममा भित्रिएका उनले तीनवटा आइफा, एउटा नेशनल फिल्म र दुईवटा फिल्म फेयर अवार्ड पाइसकेका छन् सामबहादुरका लागि भने ८ मनोनयनका बाबजुद भने उनले अवार्ड पाएनन् । यद्यपि, दर्शकहरूबाट भने उनलाई राम्रै साथ मिल्यो। तर, ट्रेलर बाहिरिएसँगै प्रदर्शनको तयारीमा रहेको आगामी फिल्म ‘छावा’ले भने उनलाई करियरको अर्को उचाइमा पुर्याउने अनुमान भइरहेको छ ।
दिनेश भिजानले निर्माणमा बनेको यस फिल्मका निर्देशक हुन् लक्ष्मण उतेकर । उतेकरले यसअघि लुकाछिपी, मिमी, जरा हट्के जरा बच्के, तपाल जस्ता फिल्म निर्देशन गरिसकेकक छन् भने इङ्लिश, विङ्लिश, डियर जिन्दगी, हिन्दी मिडियम जस्ता फिल्महरूमा सिनेम्याटोग्राफी पनि गरेका छन् । उतेकरको यस फिल्ममा विक्की कौशल रश्मिका मन्दानासँग देखिने भएका छन् । फिल्म आउँदो भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ का दिन रिलिज हुनेछ ।