काठमाडौँ, १५ माघः ‘भुल भुलैया’पछि विद्या बालन र अक्षय कुमारलाई नै लिएर निर्देशक प्रियदर्शनले नयाँ हरर कमेडी फिल्म ‘भूत बंगला’ ल्याउने भएका छन् । सन् २००७ को ‘भुल भुलैया’ को सफलतापछि प्रियदर्शनलाई ‘भुल भुलैया’का अन्य भागको निर्देशनका लागि निर्माताद्वय भूषण कुमार र कृषन कुमारले प्रस्ताव गरेका थिए ।
तर, ‘भुल भुलैया’को कथालाई तन्काउन आवश्यक नरहेको भन्दै प्रियदर्शनले सिक्वेल बनाउन रुचि देखाएनन् । तर, निर्माताद्वयले प्रियदर्शन बिना पनि ‘भुल भुलैया’का थप दुई भाग निर्माण गरे जसलाई अनीश बाजमीले निर्देशन गरे । यद्यपि, ‘भुल भुलैया’को पहिलो भागलाई जसरी दर्शकले दोस्रो र तेस्रो भागलाई रुचाएनन्।
नयाँ आइरहेका सिक्वेलबाट असन्तुष्ट दर्शकहरूले अक्षय कुमार र विद्या बालन अभिनित ‘भुल भुलैया’ नै रुचाइरहेको अवसरमा प्रियदर्शनले यिनै दुई स्टारलाई लिएर लिएर ‘भूत बंगला’ बनाउने घोषणा गरेका हुन् । ‘दे दना दन’पछि प्रियदर्शन र अक्षयले १४ वर्षपछि सहकार्य गरेका हुन् । विद्यासँग भने प्रियदर्शनले दोस्रोपटक काम गर्दैछन् ।
हरर कमेडी यस फिल्ममा परेश रावल र राजपाल यादव पनि देखिने भएका छन् । फिल्म सन् २०२५ भित्रै रिलिज हुनेछ ।