आइतबार, माघ २०, २०८१

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ : एमाले मुख्य सचेतक बर्तौला


मनहरी (मकवानपुर), १२ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरुलाई रोजगारी अवसर दिनुपर्ने बताउनुभएको छ ।

हेटौँडामा आज पत्रकारहरुसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताउनुभयो । हेटाँैडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उहाँले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गर्नुभयो ।

मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलखारखाना स्थापना गरी रोजगारीका अवसरहरु सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उहाँको भनाइ थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading