आइतबार, माघ ०६, २०८१

सामुदायिक विद्यालयको सुधारमा सारोकारवाला जिम्मेवार हुनुपर्ने : बागमती प्रदेश मुख्यमन्त्री लामा


त्रिशूली (नुवाकोट), ६ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

यहाँको विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन सबै पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालयको सुधारका लागि सरकार, अभिभावक, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सबैको समान जिम्मेवारी भएकाले त्यसको पालना गराउन बागमती प्रदेश सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । “सरकारी लगानीमा सुविधासम्पन्न भौतिक संरचना, दक्ष शिक्षक, निःशुल्क शिक्षा र खाजाको प्रबन्ध मिलाए पनि सोहीअनुसार नतिजा पाउन सकिएको छैन,” मुख्यमन्त्री तामाङले भन्नुभयो, “सामुदायिक विद्यालयका राम्रा पक्ष संस्थागत विद्यालयमा अनुसरण होस् भन्ने चाहेका छौँ । तर एकाधमा बाहेक त्यसो गराउन सकिएको छैन ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्राविधिक र व्यावहारिक सिकाइमार्फत विद्यार्थीको क्षमता वृद्धिमा स्थानीय सरकार केन्द्रित भएको बताउनुभयो । स्थानीय पाठ्यक्रम जारी गर्दै यहाँको सिप, संस्कृति र संस्कारसहितको व्यावहारिक शिक्षामार्फत गुणस्तर वृद्धि गराउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका कक्षागत र विभिन्न रचनात्मक प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मुख्यमन्त्री तामाङले प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading