शुक्रबार, पुष २६, २०८१

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने


काठमाडौँ, २६ पुस : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपालको उद्योग क्षेत्र जुन रूपमा सञ्चालन हुनुपर्ने हो त्यो नभएको बताउनुभयो । उहाँले स्थापना भइसकेका उद्योगहरूलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यवस्थापनलाई आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालमा युवाहरू बस्नै चाँहदैनन् भनेर भाष्य विकसित भएको बताउँदै त्यसलाई समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकारको कुरालाई ठूलो स्वरले उठाउने र जिम्मेवारीको कुरा आउँदा सबैपछि हट्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो ।

“अहिले नेपालमा युवाहरू कोही बस्नै चाँहदैनन् भन्ने भाष्य स्थापित गरिएको छ । भाष्य मात्रै बनाउनेहरूको त काम सकियो । त्यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर लाग्न प¥यो”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading