काठमाडौँ , पुस ९ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












