आइतबार, पुष १४, २०८१

भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने : अध्यक्ष प्रचण्ड


कञ्चनपुर, १३ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताउनुभएको छ ।

कञ्चनपुरको पुनर्वासमा आज आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभा मा उहाँले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताउनुभयो । “मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ । भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने भन्दै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading