मङ्गलबार, पुष ०९, २०८१

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भेटवार्ता


काठमाडौँ, १ पुसः  श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ । श्रीलङ्काका राष्ट्रपति श्रीलङ्काका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहनुभएको छ ।

गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कुटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका बिषयमा छलफल हुने बताइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading