मङ्गलबार, पुष ०९, २०८१

सेयर बजार ६.३२ अंक घटे, नेप्से २६६९ अंकमा कायम, ४ अर्ब ४१ करोडको कारोबार


२५ मंसिर, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । ५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो ।

८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

जोशी हाइड्रोपावरको ७.६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading