२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो । बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो । मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहे ।