४ मंसिर, काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया ३’ ले बक्स अफिसमा राम्रै व्यापार गरिरहेको छ। यस फिल्मले १८ दिनमा घरेलु बक्स अफिसमा २५१ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।
३५ करोडको ओपनिङ गरेको यस फिल्मले तेस्रो साताको आइतबार ६ करोड कमाएको थियो। सोमबार भने १ करोड ५४ लाख भारु मात्रै कमाइ गर्न सक्यो। विश्वभर यस फिल्मले साढे ३ सय करोडको आकंडा पार गरिसकेको छ।
यो फिल्म बलिउडको सुपरहिट हरर कमेडी फ्रेन्चाइज ‘भूल भुलैया’ को तेस्रो पार्ट हो। यस फिल्ममा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन छिन्।
यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्। सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन जस्ता कलाकार देखिएका थिए। त्यसपछि सन् २०२२ मा ‘भूल भुलैया २’ रिलिज भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








