२९ कात्तिक, काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन्। ट्रम्पको घोषणापछि तुलसीले एक्समा लेखेकी छन्- धन्यवाद, डोनाल्ड ट्रम्प! अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यका रूपमा सेवा गर्ने अवसरका लागि। म तपाईंसँग काम गर्न तत्पर छु।

तुलसीलाई यो जिम्मेवारी दिँदै ट्रम्पले भने- मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि प्रतिनिधि सभाकी पूर्वसदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकका रूपमा काम गर्नेछिन्।
तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छन्। तुलसीलाई इराक र कुवेतमा आर्मी नेसनल गार्डका रूपमा तैनाथ गरिएको थियो। उनले होमल्यान्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरिन्।

तुलसीलाई उनको नामका कारण प्रायः भारतीय मूलको मानिन्छ, तर उनको भारतसँग कुनै सम्बन्ध छैन। तुलसीका बुबा क्रिस्चियन थिए भने आमा हिन्दु।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















