२८ कात्तिक, काठमाडौं । हलमा ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच शुक्रबारबाट नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछ। यो फिल्मको अग्रिम बुकिङ खुलेको छ। नीता ढुंगानाको लगानीमा बनेको यस फिल्म मल्टिप्लेक्स हलहरुबाट ठिकै शो पाएको छ।
विजय बराल मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले यतिखेर आक्रामक व्यापार गरिरहेको छ। यसकै कारण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा नआउने भएको छ। यस्तै, फिल्म ‘केटी हराएको सूचना’ ले पनि रिलिज मिति सारिसकेको छ। यसले ‘ह्रस्व दीर्घ’ लाई केही राहत मिलेको छ।

यस फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकामा २१ र उपत्यकाबाहिर २४ शो दिएको छ। त्यसैगरि, एफक्यूबले ४ शो र वान सिनेमाजले दुबै हलमा ८ शो उपलब्ध गराएको छ। केही हलहरुले भने फिल्मको बुकिङ खोल्न बाँकी नै छ। बलियो वर्ड अफ माउथले फिल्मको शो बढ्न सक्छ।
फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

चन्द्र पन्त निर्देशित यस फिल्ममा हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। ६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












