सोमबार, पुष ०८, २०८१

आठ दिनमा चलचित्र ‘भूल भूलैया ३’ ले १७०.६५ करोड भारु कमायो


२४ कात्तिक, काठमाडौं ।  चलचित्र  ‘भूल भुलैया ३ ‘ मार्फत कार्तिक आर्यन रुह बाबाको भूमिकामा फर्किएका थिए । फिल्मले पहिलो साता नै सय करोड भारुको आँकडा पार गरेको थियो भने फिल्मको बजेट पनि क्लियर गरेको थियो । अहिले फिल्म लगातार नाफातर्फ उन्मुख छ । जे होस्, हरर कमेडीले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

‘भूल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज भएको थियो । मल्टिस्टार फिल्म सिंघम अगेनसँग टक्कर भए पनि फिल्मले बक्स अफिसमा धमाका मच्चायो । यो चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

अनीस बज्मीले निर्देशन गरेको यस फिल्ममा कार्तिक आर्यनका अलावा माधुरी दीक्षित, तृप्ति दिमरी, विद्या बालन, राजपाल यादव र विजय राज पनि देखिएका थिए । विद्या बालन १७ वर्षपछि प्रतिष्ठित पात्र मञ्जुलिकाको रूपमा फर्किएकी छन् ।

आठ दिनमा चलचित्रले १७०.६५ करोड भारु कमाएको छ । पहिलो साताको उत्कृष्ट कमाईका साथ कार्तिक आर्यन स्टारर फिल्मले सलमान खानको दबंग २ लाई पनि पछि पारेको छ । दबंगले पहिलो हप्तामा १५८.५० करोड कमाएको थियो । यति मात्र होइन, फिल्मले बागी २ को १६५ करोडको कलेक्सनमा पनि पछाडि परेको छ ।

यो चलचित्रले छिट्टै बक्स अफिसमा २०० करोडको आँकडा छुन सक्नेछ । यदि यस्तो भयो भने २०० करोड क्लबमा पुग्ने कार्तिकको यो पहिलो फिल्म हुनेछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading