२१ कात्तिक, काठमाडौं । ५४ इलेक्टोरल मत भएको क्यालिफोर्नियामा कमला ह्यारिसले जित हात पारेकी छन्। यसले उनलाई ट्रम्पसँगको दूरी छोट्याउन मद्दत गरेको छ। ह्यारिस पहिले यही राज्यकी सिनेटर थिइन्। १९८८ यता यो राज्यमा राष्ट्रपतीय चुनाव चुनाव रिपब्लिकन उम्मेदवारले कहिल्यै जितेका छैनन्।

क्यालिफोर्निया जितेसँगै ह्यारिसको इलेक्टोरल मत १७९ पुगेको छ। एसोसियट प्रेसका अनुसार ट्रम्पले भने १६ इलेक्टोरल मत भएको नर्थ क्यारोलाइना जितेका छन्। यससँगै उनको इलेक्टोरल मत २३० पुगेको छ। उता संसदका दुवै सदनमा रिपब्लिकन पार्टी अगाडि देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















