सोमबार, पुष ०८, २०८१

फिल्म ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ को भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ !


१७ कात्तिक, काठमाडौं । बलिउडका लागि यसवर्षको दीपावली खास रह्यो । एकातिर मल्टिस्टारर कप-ड्रामा ‘सिंघम अगेन’ र अर्कोतिर हरर कमेडी ‘भुलभुलैया ३’ । यी दुबैले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरे । बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार अजय देवगण स्टारर फिल्म ‘सिंघम अगेन’ले पहिलो दिन शुक्रबार भारतभर (हिन्दी भाषा)मा ४३.७० करोड भारुको ओपनिङ गरेको छ ।

अघिल्लो भाग ‘सिंघम रिटन्र्स’को (३२.०९ करोड भारु)लाई फिल्मले फराकिलोरुपमै कमाइमा उछिनेको जनाइएको छ । पीभीआर, आइनक्स र सिनेपोलिस चेनमा मात्र फिल्मको कमाइ १९.२० करोड भारु कमाएको उल्लेख छ । अर्कोतर्फ, कार्तिक आर्यन स्टारर हरर कमेडी ‘भुलभुलैया ३’ले ३६.६० करोड भारु कमाएको आदर्शले उल्लेख गरेका छन् । ‘भुलभुलैया २’को १४.११ करोड भारु ओपनिङलाई पनि तेस्रो श्रृंखलाले उछिनेको छ ।

पीभीआर, आइनक्स र सिनेपोलिसमा मात्र शुक्रबार यो फिल्मले १५.९१ करोड भारु कमाएको छ । यसवर्ष भारतीय बक्स अफिसमा हरर कमेडी फिल्मले ह्याट्रिक गरेको आदर्शले उल्लेख गरेका छन् ।

‘मुन्ज्या’, ‘स्त्री २’ र ‘भुलभुलैया ३’ले लगातार दर्शकलाई हलसम्म तान्न सकेका छन् । एउटै जनराका फिल्मको यो लोभलाग्लो कमाइपछि अब भारतीय फिल्ममा केही समय हरर कमेडीको ट्रेन्ड चल्ने अनुमान गरिएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading