१४ कात्तिक, काठमाडौं । नेपाली इतिहासमै सबैभन्दा ठुलो लगानीमा निर्माण गरिएको म्युजिक भिडिओ ‘मालती’ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छिन्। भिडिओमा साम्राज्ञी निकै बोल्ड देखिएकी छिन्।

दसैँअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडिओमा ६० लाख बढी लगानी रहेको निर्माण टिमको जनाएको छ। जुन म्युजिक भिडिओमा हालसम्मकै उच्च लगानी रहेको दाबी छ।

भिडिओमा साम्राज्ञीसहित विशाल खरेललको अभिनय छ। साथै भिडिओमा थाइल्यान्डका मोडलहरुले कोरसको रुपमा काम गरेका छन्। सार्वजनिक गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिबी यो म्याजेस्टीको शब्द तथा संगीत रहेको छ। गीतमा ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर सुन्न सकिन्छ।

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्। सार्वजनिक भिडिओलाई एकदिनमा १८ लाख भ्युज आइसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











