बैङ्कक, मङ्सिर २५ गते । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनुभएको छ ।
उहाँका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकलाई विस्थापित गरेपछि उनीहरुले शरणार्थी शिविरमा शरण लिएका छन् । पत्रकारको साक्षात्कारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउँदै अहिलेसम्म ८४९ शरणार्थी शिविर स्थापना गरिएको बताउनुभएको छ ।
यसैबिच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिक प्रभावित भएको जनाइएको छ । थाइल्यान्ड सेनाका क्षेत्रीय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानमा गोलाबारी गर्दै झडप अझै जारी रहेको बताउनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















