12/09/2025, 15:46:06
मङ्गलबार, मङि्सर २३, २०८२

धनकुटाको मालबाँसेमा ट्रक दुर्घटना, एकतर्फी सडक अवरुद्ध


धनकुटा, मङ्सिर २३ : अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण समग्री बोकेर विराटनगरबाट संखुवासभा जाँदै गरेको ट्रक धनकुटामा दुर्घटनामा परेको छ ।

को १ ख ७४४८ नम्बरको ट्रक साँगुरीगढी गाउँपालिकाको मालबाँसेमा आज बिहान सडकबाट एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक धनकुटा साँगुरीगढी १ का २७ वर्षीय आशिष लिम्बू घाइते भएका छन् । घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

ट्रक खसेको ठाउँमा सडक एकतर्फी अवरुद्ध छ ।