12/08/2025, 00:37:16
आइतबार, मङि्सर २१, २०८२

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ


काठमाडौँ,  मङ्सिर २१ गते । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

एक कार्यक्रमबीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् । मुख्यमन्त्रीले मैथिली भाषामा शपथ लिएका हुन् । शपथ कार्यक्रममा पूर्वमुख्यमन्त्रीहरू, कांग्रेस नेता, पूर्व मन्त्रीसहितको उपस्थिति थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..