काठमाडौँ, मङ्सिर १८ गते । काठमाडौँको रत्नपार्कमा जाडो याममा घाम ताप्दै नि:शुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ ।
कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै नि:शुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।
महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नपार्कमा नि:शुल्क वाइफाइ जडानको काम गरिरहेको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठले मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा नि:शुल्क इन्टरनेट सेवा प्रदान गरिने बताए ।
अव्यवस्थित रत्नपार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२–७३ मा करिब रु. ८० लाखको लागतमा पुन:निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।
काठमाडौँ महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।
महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।
रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु. २०, सर्वसाधारणलाई रु. ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु. १०० लाग्ने गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










