12/04/2025, 14:49:19
बिहिबार, मङि्सर १८, २०८२

डोटीमा जन्ती गइरहेको जिप दुर्घटना, पाँच जना घाइते


डोटी, मङ्सिर १८ गते । डोटीमा जन्ती गइरहेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्लाको सायल गाउँपालिकाबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र नेपालका अनुसार सायल गाउँपालिका– ४ खालिखोलानजिक जिप दुर्घटना भएको हो ।

जिप सडकबाट ६० मिटर तल खसेको र घाइते पाँच जनाको अवस्था सामान्य रहेको एसपी नेपालले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..