12/04/2025, 14:49:53
बिहिबार, मङि्सर १८, २०८२

सेयर बजार १३.५२ अंक घटे, नेप्से २६३१ अंकमा, ५ अर्ब २३ करोडको कारोबार


१७ मंसिर, काठमाडौं : बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यो साता आइतबारदेखि बजार निरन्तर ओरालो लागेको छ । आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो ।

७४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रह्यो । आज फाइनान्स समूह सबैभन्दा धेरे १.५९ प्रतिशत बढ्यो । फाइनान्सका अलवा होटल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत बढे । जीवन बीमा सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.७५, विकास बैंक ०.५७, हाइड्रोपावर ०.५०, लगानी ०.५१, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् । ओम मेगाश्री फर्मास्युटिकल्सको ७.०२, बुङ्गल हाइड्रोपावरको ६.४४, हिमस्टार ऊर्जाको ६.२५, बन्दीपुर केबुलकारको ५.७७ तथा माबिलुङ इनर्जीको ५.०२ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै २.८५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, ट्रेड टावर तथा सिक्लेस हाइड्रोपावर क्रमशः अगाडि रहे ।