काठमाडौँ, ४ मंसिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा सहभागी सांसदलाई नेपाली फिल्म हेर्न आग्रह गरेका छन् । समितिकी सभापति तुलसाकुमारी दहालले मन्त्रीको प्रस्तावमा सहमति जनाइन् ।
विधेयमाथि भएको सैद्धान्तिक छलफलका क्रममा मन्त्री खरेलले फिल्मसम्बन्धी कानुन राम्रो बनेर कार्यान्वयन हुनुपर्ने तर्क गरिरहँदा फिल्म हेर्ने प्रस्ताव राखेका हुन् ।
‘कागजमा हामीले संशोधन गर्ने, हेरफेर गर्ने, शब्द, वाक्य यी महत्त्वपूर्ण छन् । तर यसको साथमा किन एकचोटि सभापतिले इनिसियसन लिएर सरकार र सांसद दुवै हामी फिल्म हेर्न जाऔं न । फिल्म हेरौं न । त्यहाँ हेर्दा हल कस्तो हुन्छ थाहा हुन्छ, फिल्मकर्मीको विषयमा थाहा हुन्छ, व्यवसायको विषयमा थाहा हुन्छ । पपकर्न बेच्नेको विषयमा थाहा हुन्छ, हिरो हिरोइनको विषयमा थाहा हुन्छ,’ मन्त्री खरेलले भने, ‘कथा थाहा हुन्छ, प्रविधि थाहा हुन्छ ।‘

मन्त्री खरेलले पुराना फिल्म ‘आमा’, ‘कुमारी‘ सँगै प्रदर्शनरत ‘परान‘ र ‘जारी २‘समेत हेर्नुपर्ने बताए । ‘आमादेखि, कुमारी हुँदै माइतीघर र अहिलेसम्म आइपुग्दा फिल्म-इतिहास भुल्नुहुँदैन,’ खरेलले भने ।
समिति सभापति दहालले सबै मिलेर नेपाली फिल्म क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् । ‘विधेयकको बारेमा छलफल गर्न तयार भएका माननीयहरु यहाँ हुनुहुन्छ, वातावरण बन्यो भने हाम्रो सहमति हुन्छ त्यसमा,’ उनले भनिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














