किएभ, मङ्सिर २ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित” गरी रूससँग थप युद्धबन्दी आदान-प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताउनु भएको छ ।
यस वर्षको सुरुमा इस्तानबुलमा भएको रूस-युक्रेनको तीन चरणको वार्तामा कुनै सम्झौता नभएपछि वार्ता असफल भएको थियो । मस्कोले भने युद्धविरामलाई अस्वीकार गरी युक्रेनी शहरमा निरन्तर बमबारी गरिहेको छ । वार्तालाई पुनर्जीवित गर्ने तयारी गरिरहेको जनाउदै जेलेन्स्कीले साझेदारलाई प्रस्ताव गर्ने समाधान विकास गरेको सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
उहाँले “पिओडब्लु” मार्फत युद्धबन्दीलाई आदान-प्रदान गर्ने काम पनि गरिरहेको बताउनु भएको छ । यस अघि कैदी आदान-प्रदान तथा मृत सैनिकको शव फिर्ता गर्न गत मे-जुलाईको बिचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलबिच सम्झौता भएको थियो ।
अन्तिम पटक कैदी आदान-प्रदान अक्टोबरको सुरुमा भएको थियो, जसमा मस्को र किभ प्रत्येकले १८५ कैदी साटासाट गरेका थिए । जेलेन्स्कीको बयानमा रूसबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन । गत हप्ता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा युद्ध अन्त्ये गर्न रूस “वार्ता प्रक्रियाका लागि खुला“ रहेको बताउनु भएको थियो । पछिल्लो समय रूसले हालसम्म कुनै योजना तथा प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
यस अघि बढ्दो रूसी दमन र व्याप्त भ्रष्टाचार घोटालाको बिचमा जेलेंस्की युक्रनी सेना र देशको बिग्रिएको ऊर्जा पूर्वाधारका लागि समर्थन जुटाउन युरोपेली भ्रमणमा हुनुहुन्थ्यो । उहाँले मङ्गलबार स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्ने कार्यक्रम तय भएको छ । यस अघि, उहाँले फ्रान्ससँगको सम्झौतामा हस्ताक्षर गरी किएभलाई सय वटा लडाकू जेट र ड्रोनसहितका सामाग्री प्राप्त गर्ने व्यवस्था मिलाउनु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















