01/14/2026, 12:15:27
बुधबार, पुष ३०, २०८२

राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त


काठमाडौँ, मङ्सिर २ : राष्ट्रियसभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई नियुक्ति गरिएको हो । उहाँको सपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।