काठमाडौँ, मङ्सिर २ गते । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।
सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सञ्चार मन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई कम्प्युटर अधिकृतको रूपमा करार सेवामा काम गर्नेगरी नियुक्ति दिएका हुन् ।
पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











