काठमाडौं, मङ्सिर १ : सुपरहिटको ट्याग पाएको सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साथ दिएका छन् । आक्रामक ओपनिङ गरेको सिनेमाको डिरेक्टर्स कटलाई दर्शकले मन पराएका छन् ।
डिरेक्टर्स कटमा थपिएको १५ मिनेटको सिनले सिनेमालाई थप पूर्ण बनाएको दर्शकले प्रतिक्रिया दिएका छन् । डिरेक्टर्स कटमा ‘जारी २’लाई कमेन्ट गर्ने ठाउँ नरहेको धेरैले प्रतिक्रिया दिएका छन् ।

पूर्वी पहाडमा बसोबास गर्ने लिम्बु समुदायको कथा र माओवादीको युद्धले परिवार र समाजलाई पारेको प्रभावलाई जीवन्त रुपमा देखाउँदा दर्शकले मन पराएका छन् । अफ्ठ्यारो परिस्थितिमा आफैलाई दुःख दिने व्यक्तिलाई पनि कसरी सहयोग गरिन्छ भन्ने यथार्थको दर्शकले तारिफ गरेका छन् । डिरेक्टर्स कट अगाडि केही आलोचना भए पनि डिरेक्टर्स कटपछि भने सिनेमालाई दर्शकले खुलेर तारिफ गरिरहेका छन् ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










