३० असोज, काठमाडौं । जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ । २४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको जनाएको छ ।
कम्पनीका अनुसार कुवेतबाट जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएको छ । जजिराले भैरहवामा यसअघि पनि नियमित उडान गरिसकेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















