11/12/2025, 13:51:03
बुधबार, कार्तिक २६, २०८२

हायात होटलले निकाल्यो सबै कर्मचारी


काठमाडौँ, कात्तिक २६ गते । हायात होटलले सम्पूर्ण कर्मचारीलाई कामबाट निष्काशन गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकामा होटलमा क्षति भएको थियो ।

होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नु पर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरूलाई काममा लगाउन समेत होटल असमर्थ रहेको भन्दै सम्पूर्ण कर्मचारीहरूलाई कामबाट निकालिएको हो ।

मंसिर २२ गते देखि लागु हुने गरी श्रम ऐन २०७४ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरेको हो ।  मंगलबार राती सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटलमा कार्यरत १३३ जनालाई कटौती गर्ने निर्णय गरेको बताए ।

श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल समेत गर्दा कुनै निष्कर्षमा पुग्न नसकिएको  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..