11/09/2025, 14:05:12
आइतबार, कार्तिक २४, २०८२

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


मकवानपुर, कात्तिक २३ गते ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैँडा उपमहानगरपालिका– ९ मास्टरचोकमा गएराति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका– ८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका– ६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..