काठमाडौँ, १९ कात्तिक : नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् ।
आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए ।
‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने संकल्प गरेको छौँ,’ उनले भने, ‘केहीले मृत्युदेखि तर्साउने गरेका छन् । नेताहरु मारिन्छन् भनेपछि तर्सिन्छन् भनेका होलान् । हामी मृत्यु जितेर हिँडेको मान्छे हौँ । हामीलाई राष्ट्र र लोकतन्त्र बचाउने चिन्ता छ । हामीलाई व्यक्तिगत चिन्ता केही छैन । त्यसै पनि आफ्नो भन्नु केही रहेन ।’











