कञ्चनपुर, कात्तिक १४ गते । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु. २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।
पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भन्नुभयो । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उहाँले सुनाउनुभयो ।

 
										            			                                    
 
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
	                                











