10/28/2025, 17:37:09
मङ्गलबार, कार्तिक १२, २०८२

जापानमा भालुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश पुग्यो


टोकियो, कात्तिक ११ गते । जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ । पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनामा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सय भन्दा बढी मानिस परेका छन् । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक बर्ष सन् २००६ बाट रेकर्ड राख्न सुरु गरिएकोमा सबै भन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।

अकिता प्रान्तमा बासिन्दालाई भालुको आक्रमणबाट मानिसलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ । आक्रमणको अवस्था प्रान्तीय तथा स्थानिय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितीमा पुगेको  गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । छिमेकी प्रान्त इवाटेमा अप्रिल देखि ३० जना भन्दा बढी मानिस भालु आक्रमणमा परेको जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..