२७ असोज, काठमाडौं । धर्मा प्रोडक्सनसँग मिलेर आलिया भट्टले निर्माण गरेको फिल्म ‘जिग्रा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ। वासन बालाले निर्देशन गरेको फिल्ममा आलिया भट्ट र वेदांग रैनाको मुख्य भूमिका रहेको छ। विजया दशमीको शुभकामना दिंदै आलियाले नेपाली दर्शकहरुलाई फिल्म ‘जिग्रा’ हेर्न आग्रह गरेकी छन्। उनले भिडियो संदेश मार्फत भनेकी छन् ”न्यानो अभिवादन नेपाल विजया दशमीको हार्दिक मंगलमय शुभकामना,म अभिनित सिनेमा सिनेमा घरहरुमा लागि रहेको छ स-परिवार हलमा गएर सिनेमा हेरेर मजा लिनुस्।”
‘जिग्रा’ धर्मा प्रोडक्सन र इटरनल सनसाइन प्रोडक्सनको ब्यानरमा करण जोहर, अपूर्व मेहता, आलिया भट्ट, शाहीन भट्ट र सौमेन मिश्राले निर्माण गरेका हुन्।
फिल्ममा आलियाले जेठी बहिनी सत्य आनन्दको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो भाइ अंकुर आनन्दलाई विदेशी जेलबाट बचाउन संघर्ष गर्छिन्, जहाँ उनलाई यातना दिइन्छ। नेपालमा यो फिल्मलाई मनोज राठीको व्यांकटेस फिल्म्सले रिलिज गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








