वासिङ्टन, कात्तिक ४ : हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने छ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिने छन् । ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल जानुभएको छ ।
सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उहाँसहित यस पहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूत इजरायलमा रहनुभएको हो । ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भन्नुभयो, “हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्ने छन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नु पर्ने छ ।”
उहाँले भन्नुभयो, “यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जाने छ र हामी तिनीहरूलाई निर्मूल पारिने छ । उनीहरूलाई यो थाहा छ ।” ट्रम्पले करिब दुई साताअघि गाजा सम्झौतामा मध्यस्थता गर्न सहयोग गर्नु भएको थियो । तर इजरायलले हमासलाई मृत बन्धक हस्तान्तरण गर्न ढिलाइ गरी आक्रमण सुरु गरेको आरोप लागेको छ । सम्झौताको बारम्बार उल्लङ्घन गरिएमा सम्झौता भङ्ग हुने जोखिम रहने छ ।
यद्यपि, हमासका शीर्ष वार्ताकार खलिल अल-हयाले इजिप्टको अल-काहेरा न्यूजसँग भन्नुभयो, “समूह अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध छ ।” “हामीलाई शव निकाल्न निकै गाह्रो भइरहेको छ, तर हामी गम्भीर छौँ र तिनीहरूलाई निकाल्न कडा मेहनत गरिरहेका छौँ,” उहाँले मङ्गलबार बिहान प्रसारित टिप्पणीमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “गाजा सम्झौता कायम रहने छ, किनकि हामी यो चाहन्छौं र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ ।” ट्रम्पले लडाकू समूहलाई आफ्ना प्रतिद्वन्द्वीहरू र कथित सहयोगीको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिनुभएको छ । हमासले ध्वस्त क्षेत्रमा आफ्नो पकड पुनः स्थापित गर्न खोजिरहेको र प्रतिद्वन्द्वीलाई निशाना बनाइरहेको छ ।
यद्यपि ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौं देशसँग संलग्न हुने र सहयोग गर्ने बताउनुभयो । ट्रम्पले भन्नुभयो, “यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “तर अहिले, हामीले त्यसो भनेका छैनौं । हामी समूहलाई मौका दिइरहेका छौँ आशा छ हिंसा कम हुँदै जाने छ । तर अहिले, तपाईंलाई थाहा छ, तिनीहरू हिंस्रक मानिस हुन् ।”
“तिनीहरू धेरै उग्र भए, उनीहरूले गर्न नहुने काम गरेभने हामी गाजामा जान इजरायललाई अनुमति दिने छौँ । त्यसपछिको परिस्थिति धेरै छिटो र धेरै हिंस्रक हुन सक्छ ।” ट्रम्पले हमास अब निकै कमजोर भएको र खास गरी क्षेत्रीय समर्थक इरानले यस वर्ष अमेरिका र इजरायली आक्रमणपछि आफ्नो पक्षमा कदम चाल्ने सम्भावना नरहेको पनि बताउनुभयो ।
“उनीहरूसँग अब वास्तवमा कसैको समर्थन छैन । तिनीहरू सुध्रिनुु पर्दछ र यदि त्यसो गरेनन् भने तिनीहरू निर्मूल हुने छन्,” राष्ट्रपति ट्रम्पले जोड दिनुभयो । प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नरले सोमबार नेतान्याहूसँग भेट गरी क्षेत्रीय विकास र अपडेटबारे छलफल गर्नु भएको थियो ।
भान्स र उहाँकी पत्नी विहानै पत्रकारसँग कुनै टिप्पणी नगरी वाशिङ्गटनबाट इजरायल जानुभएको छ । उहाँहरुले नेतान्याहुसँग पनि भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।