10/16/2025, 13:35:01
बिहिबार, असोज ३०, २०८२

चार्ली कर्कलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान


नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्वर्गीय युवा रूढिवादी नेता चार्ली कर्कलाई मरणोपरान्त राष्ट्रको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका छन् ।

कर्कको ३२ औं जन्मदिनमा आयोजित विशेष समारोहमा कर्ककी पत्नीले यो पुरस्कार ग्रहण गरेकी थिइन् ।  कर्कले युवाहरूलाई राजनीति र देशभक्तिको बाटोमा प्रेरित गरेको ट्रम्पले ह्वाइट हाउस रोज गार्डेनमा आयोजित समारोहमा बताए । उनले कर्कलाई स्वतन्त्रताको आवाज उठाउने एक सच्चा अमेरिकी नायक बताए । कर्क टर्निङ प्वाइन्ट युएसएका संस्थापक थिए ।

उनलाई अमेरिकी दक्षिणपन्थी राजनीतिको उदाउँदो व्यक्तित्व मध्ये एक मानिन्थ्यो । गत महिना युटा भ्याली युनिभर्सिटीमा एक कार्यक्रमको क्रममा भएको गोलीबारीमा उनको मृत्यु भएको थियो । कर्कको अन्त्येष्टिको क्रममा ट्रम्पले उनलाई एक महान् अमेरिकी नायक र स्वतन्त्रताको लागि शहीद भनेका थिए ।प्रेसिडेन्सियल मेडल अफ फ्रिडम १९६३ मा जोन एफ. केनेडीले स्थापना गरेका हुन् । यो सम्मान अमेरिकी सुरक्षा, राष्ट्रिय हित, विश्व शान्ति, वा सांस्कृतिक योगदानमा असाधारण योगदान पुर्‍याउनेहरूलाई दिइन्छ ।

ट्रम्पले यसअघिको कार्यकालमा टाइगर वुड्स, एल्विस प्रेस्ली, रश लिम्बाघ र आर्थर लाफर जस्ता व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरेका थिए । ट्रम्पका निकट सहयोगी कर्कको  सेप्टेम्बर १० मा ३१ वर्षको उमेरमा गोली हानी हत्या गरिएको थियो । कर्कलाई ट्रम्पको नजिक मानिन्थ्यो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..