काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले हमासलाई इजरायली बन्दी रिहा गराउन बाध्यउ पारेकामा अरब र इस्लामिक मुलुक एवम् नेताहरुलाई धन्यवाद दिएका छन् ।
ट्रम्पले आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा गरे ।
यसैबीच, ट्रम्पले सम्बोधन गर्दै गर्दा केन्नेसेटमा होहल्ला भएको छ ।हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर ट्रम्पको समर्थन गरेका थिए ।पछि सुरक्षाकर्मीले हल्ला गर्ने केही मानिसलाई सुरक्षा बलले सभाहलबाट बाहिर लगेको अल जजीराले जनाएको छ ।