काठमाडौँ, असोज २४ गते। प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गको अभिव्यक्ति भन्दै प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महारिनीक्षक विनोद घिमिरेले समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो।
‘पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ भन्ने आशयका भ्रामक समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनमा समसामयिक घटनाक्रम वा सोबाट सृजित सुरक्षा चुनौतीको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















