10/09/2025, 13:09:34
बिहिबार, असोज २३, २०८२

दयाहाङ र विजय बरालको लडाइँ


काठमाडौँ, असोज २३ : फिल्म ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्रमा प्रायः विजय दयाहाङ सहयोगीका रूपमा देखिँदै आउनुभएको छ तर यस पटकको सहकार्य अलि भिन्न रहेको अनुमान गर्न सकिन्छ । निर्माण युनिटले पोस्टरदेखि ट्रेलरसम्म दयाहाङ र विजयलाई उत्तिकै महत्व दिएको छ । चलचित्र एक पोस्टरमा दुवै कलाकार एक अर्कोसँग भिड्दै गरेको समेत देखाइएको छ ।

चलचित्रको प्रमुख कलाकार को हो भनेर अहिले दर्शकमाझ उत्सुकता बढेको छ । भाइटीकाको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । चलचित्रमा दयाहाङ र विजयको अलवा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारको अभिनय छ ।