10/08/2025, 17:36:06
बुधबार, असोज २२, २०८२

जेन जेड मुभमेन्टले भोली माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने


काठमाडौँ । जेन जेड मुभमेन्टले भोली बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ ।

देशमा परिवर्तनका लागि युवाहरूले उठाएका जेनजेड विद्रोहका मागहरू लामो समयदेखि बेवास्ता हुँदै आएको भन्दै, ती मागहरूको स्मरण र युवाहरूको बलिदानको सम्मान गर्न जेनजेड मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको हो।

यस सम्बन्धमा मुभमेन्टका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाउँदै प्रदर्शनका लागि अनुमति र आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

निवेदनमा भनिएको छ, “हामी युवा पुस्ताको तर्फबाट जेनजेड विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गर्दै, युवाहरूको बलिदान खेर नजाओस् र उनीहरूको बलिदानलाई न्याय मिलोस् भन्ने उद्देश्यका साथ असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौँ।”

मुभमेन्टले प्रदर्शन अहिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा आधारित हुने जनाएको छ। साथै, कार्यक्रमका क्रममा सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनसँग सहयोगको अपेक्षा गरिएको छ।

प्रदर्शनमा एनटेक -जेड समूहसँग सहकार्य गर्ने मुभमेन्टले जानकारी दिएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..