10/08/2025, 10:35:10
बुधबार, असोज २२, २०८२

दीपकराज गिरीको चलचित्र अर्को दसैँमा


काठमाडौँ, असोज २२ : कलाकार तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दसैँमा नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल ‘छक्कापन्जा कमेडी टुर’ का लागि अमेरिकामा रहेका गिरीले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्नुभएको हो ।

देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो वर्ष चलचित्र ल्याउन सकेनौँ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यवाद ! अर्को वर्ष दसैँमा भेटौँला ।

दसैँमा दीपकको चलचित्र प्रदर्शन नहुँदा दसैँ नै खल्लो महसुस भएको भन्दै सामाजिक सञ्जालमा उहाँका फ्यानले टिप्पणी गरेपछि गिरीले अर्को दसैँमा नयाँ चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गर्नुभएको हो ।