काठमाडौँ , असोज २ : जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ ।
प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।
गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा प्रि ओपन सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको थियो । तर पुन १०७.०४ अंक घटेर नकारात्मक सर्किट लाग्दा नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










