09/07/2025, 23:12:15
आइतबार, भदौ २२, २०८२

एमाले विधान महाधिवेशन : विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा


काठमाडौँ ,भदौ २२ : गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गत नेताहरूले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले गरेको प्रश्नको जवाफ दिइसकेका छन् । महासचिव पोखरेलपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उपाध्यक्ष विष्णु पौडेलपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि आजै लेखा आयोगको अध्यक्ष चयन गरेर महाधिवेशन समापन गर्ने तयारी छ । विधान महाधिवेशनमा २ हजार ३४१ जना सहभागी छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..