गुल्मी, १२ भदौ : गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको हो।
उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।
सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन्। बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








